PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

१७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’



पहिलोपोस्ट

१७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’

काठमाडौं : नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ। सिनामंगलस्थित पुरानो घर थिएटरमा आगामी भदौ १७ गतेदेखि सुरु हुने नाटक असोजको ९ गतेसम्म देखाइनेछ।

डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकलाई नैतिकता वादी ‘मोरालिटी प्ले’ भनेर पनि ब्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको यो नाटकलाई नेपालीमा अनुवाद गरिएको हो।

यो नाटक राजकमल फकिरको अनुवाद र निर्देशनमा तयार पारिएको हो। नेपालमा नाट्यकरण गर्दापनि नाटकको विषयबस्तु उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ।

यस नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल र शिशिर सिवाकोटीको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell