PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित



पहिलोपोस्ट

प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं : आज बसेको राष्ट्रियसभा बैठकले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।  समाजवादी चिन्तक गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको हो।

गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरि नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनी विक्रम संवत २०६२-६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य समेत भएका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरि सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

शोक प्रस्ताव पारित गरि राष्ट्रियसभा स्थगित भएको छ। अर्को बैठक यही भाद्र १२ गते आईतबार अपरान्ह १ बजे बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell