काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुमाथि कारबाही प्रकृया सुरु गरेको छ। आज नयाँ बानेश्वर क्षेत्रमा रहेका त्यस्ता भवनहरुमा ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउनका लागि त्यहाँ बनाइएका पसलहरु महानगरले हटाउँदैछ।
नयाँ बानेश्वरमा ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएका करिब २० वटा घरहरु रहेको महानगरले बताएको छ। महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो। जसको अनुगमनको लागि हिजो मेयर बालेन्द्र साह आफै बानेश्वर पुगेका थिए। आज बिहान पनि साह बानेश्वर क्षेत्र पुगेका थिए।
महानगरले दिएको सो समयसीमा सकिएपछि ‘अण्डर ग्राउण्ड पार्किङ’को स्थानमा बनाइएका अन्य संरचना भत्काएर पार्किङ खुलाउन लागिएको हो।