PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रतिनिधिसभामा पारित भयो प्रदीप गिरिको निधनमा शोक प्रस्ताव, अर्को बैठक भोलि बोलाइयो



पहिलोपोस्ट

प्रतिनिधिसभामा पारित भयो प्रदीप गिरिको निधनमा शोक प्रस्ताव, अर्को बैठक भोलि बोलाइयो

काठमाडौं : आज बसेको प्रतिनिधिसभा बैठकले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै बहुमतले शोक प्रस्ताव पारित गरिएको हो।

शोक प्रस्ताव पारित गरि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। अर्को बैठक यही भाद्र ७ गते मंगलवार बिहान १० बजे बोलाइएको छ।

गिरिको शनिवार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरि नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। उनी विक्रम संवत २०६२-६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ साल र २०७० सालमा संविधानसभा सदस्य समेत भएका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरि सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell