PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा माओवादी र एकीकृत समाजवादी, प्रचण्ड-नेपालबिच गठबन्धन बैठक अघि छलफल



पहिलोपोस्ट

पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा माओवादी र एकीकृत समाजवादी, प्रचण्ड-नेपालबिच गठबन्धन बैठक अघि छलफल
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। ललितपुरको हात्तिवनमा भएको भेटमा पार्टी एकता र चुनावी घोषणापत्रबारे छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिए।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय गरिसकेका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्ड र नेपालले एउटै चुनावी घोषणापत्र बनाउन गृहकार्य गरिरहेका हुन्। चुनाव अगाडी नै पार्टी एकता हुन सक्ने नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। प्रचण्ड नेपालबिच नेकपा राखेर त्यसमा अर्को केहि शब्द जोडेर पार्टीको नाम राख्ने बारेमा पनि छलफल भएको छ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्र हँसिया हथौडामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चुनाव लडने तय भइसकेको छ।

आजै सत्ता गठबन्धनको बैठक बस्दै छ। टिकट बाँडफाँटका लागि गठबन्धनले कार्यदल गठन गरेको थियो। कार्यदलले शीर्ष नेताहरुलाई भेटर हालसम्म भएको प्रगतिबारे जानकारी गराइसकेको छ। गठबन्धनमा भागबण्डाको विषय मिलिसकेको छैन। चाडै भागबण्डा मिलाउन र साझा अवधारणा बनाउन पनि गठबन्धनले कार्यदललाई निर्देशन दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell