कैलाली : कैलाली प्रहरीले धनगढीमा किराना व्यवसाय गर्दै आएका बझाङका एक व्यक्तिलाई १ किलो चरेससहित पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-१२ जुगेडामा किराना व्यवसाय गर्दै आएका बझाङका ३६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बझाङको जय पृथ्वी नगरपालिका-६ घर स्थायी घर भएका सिंहले सञ्चालन गरेको पसलमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा १ किलो चरेस फेला पारेको हो। उनले पसलमा लुकाएर राखेको अवस्थामा चरेस फेला परेको थियो।
पक्राउ परेका सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।