PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर



पहिलोपोस्ट

छायाङ्कन स्थल जुम्लामा ‘प्रकाश’को वर्ल्ड प्रिमियर

काठमाडौं : फिल्म ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाबाट गरिएको छ। जुम्लाको पाताराशी गाउँपालिकाको दुर्गम तिर्खु गाउँमा पर्ने ऋण मोक्ष विद्यालयको प्रांगणमा पहिलोपटक फिल्म प्रदर्शन गरिएको हो। भदौ १० गते प्रदर्शन हुने फिल्मको पहिलो प्रिमियर शो छायाङ्कन स्थानमै गरिएको हो।

प्रिमियर शोका लागि फिल्मका अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदी आइतवार नै जुम्ला पुगेका थिए। प्रिमियर गर्न पुगेका उनीहरूलाई स्थानीयले भव्य स्वागत गरे। साथै, स्थानीयले कलाकारको स्वागतमा झाँकी समेत निकालेका थिए।

प्रिमियर शोमा स्थानीयको उत्साहजनक उपस्थिति थियो। प्रदीप र विकाससँगै बसेर स्थानीयले फिल्म हेरेका थिए। यसरी जुम्लामा कुनै पनि नेपाली फिल्मको प्रिमियर शो भएको पहिलोपटक हो।

सुवेदीको लेखन रहेको फिल्मले गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्।

फिल्ममा प्रदीपका साथै रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell