PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'



पहिलोपोस्ट

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले केही नयाँ अनुहार र केही पुनरागमन गरेका अनुभवी खेलाडी भएकाले नयाँ प्रयोग गर्ने संकेत गरे।

'अपेक्षा अनुरुपको नतिजा आउला,' उनले भने।

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले छोटो समयमा अभ्यास गरेको भन्दै युवा खेलाडी खेल सिक्न र प्रदर्शन गर्न उत्साहीत पाएको बताए।

नेपाली टोलीमा यसपटक पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। यस पटकको टिममा कुशल भुर्तेल र बिनोद भण्डारीले भने स्थान बनाएका छैनन्। त्यस्तै, नेपाली टोलीमा पहिलो पटक अर्जुन साउदले स्थान बनाएका छन्।

नेपाली क्रिकेट टोलीले केन्यामा पाँचवटा टी २० इन्टरनेशनल र ३ वटा एकदिवसीय(ओडी) खेल खेल्नेछ। नेपालले अगस्ट २५, २६, २८, २९ र ३० मा टी २० इन्टरनेशनल खेल्नेछ भने सेप्टेम्बर २, ३ र ५ मा एकदिवसीय सिरिज खेल्नेछ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उप-कप्तान), आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसीर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell