PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

फिल्म 'प्रेमगीत ३' को हिन्दी भर्सनका चार गीत सार्वजनिक 



पहिलोपोस्ट

फिल्म 'प्रेमगीत ३' को हिन्दी भर्सनका चार गीत सार्वजनिक 

‘प्रेम गीत ३’को हिन्दी संस्करणको गीति एल्वम सार्वजनिक भएको छ। जी म्युजिकबाट सार्वजनिक भएको एल्वममा चार गीतहरू समावेश छन्। 

सुभाष घलेको शब्द रहेको ‘कोइ ना कोइ नाता हे’ बोलको गीतमा पवनदीप राजको संगीत र जुबिन नौटियालको स्वर सुन्न सकिन्छ। त्यसैगरी, ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ बोलको गीतमा राहत फतेह अली खानले स्वर दिएका छन्।

कुमारले लेखेको ‘तुम प्यार हो’ गीतमा पलक मुछल र अंकित तिवारीले स्वर भरेका छन्। ‘मुझ‍ मे बस जाना’ गीतमा भने अंकितका साथै देव नेगीको स्वर छ।

केही समयअघि यस फिल्मको नेपाली र हिन्दी भाषाको टिजरहरु सार्वजनिक गरिएको थियो। नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको हिन्दी भर्सनको टिजरलाई दर्शकले निकै मन पराएका छन्।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell