PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६४३ जनामा परीक्षण गर्दा ६ सय ५८ जनामा संक्रमण देखिएको हो।

३ हजार ३८१ पीसीआर परीक्षण गरिएकोमध्ये ४०५ जनामा र ३ हजार २६२ एन्टीजेन परीक्षण गरिएकोमा २५३ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय ५६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ९३ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell