PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

द्वारिका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

द्वारिका उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय
फोटो : उप्रेतीको फेसबुकबाट।

काठमाडौं : सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

केही समयअघि राजन श्रेष्ठको कार्यकारी पदको अवधि सकिएपछि सरकारले आज मात्रै उप्रेतीलाई नियक्त गर्ने निर्णय गरेको हो। निर्मल कुमार उप्रेती र युवराज बस्नेत समेत कार्यकारी निर्देशकका लागि आकांक्षी भएपनि द्वारिका कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

उनी नेकपा (एकीकृत समाजवादी) निकट मानिन्छन्। एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले केही हप्ताअघि नै नियुक्तिका लागि प्रधानमन्त्री देउवालाई अनुरोध गरेको भएपनि आज मात्रै मन्त्रिपरिषदले निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell