PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मंसिर ४ को निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबिच एकता हुन्छ : झलनाथ  खनाल



पहिलोपोस्ट

मंसिर ४ को निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबिच एकता हुन्छ : झलनाथ  खनाल

काठमाडौं : नेपाल  कम्युनिष्ट एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता हुने बताएका छन्।  पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने बताएका हुन्।

नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले बताए। नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनको भनाइ थियो।

मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँटका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने समेत बताए। कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको भन्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell