PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ।

बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यलयका एसपी सन्तोष सिंह राठौरले बताए। उनले उपत्यकामा बन्दको प्रभाव सामान्य मात्रै भएको जानकारी दिए।

अहिले उपत्यकामा सामान्य रुपमा नै सवारीसाधन संचालन भइरहेको छ। प्रहरीले बानेश्वर, कोटेश्वर लगायत मुख्य सडकहरुमा चेकिङ भने कडा बनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell