PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा माग गरिएको छैन : उपेन्द्र यादव



पहिलोपोस्ट

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा माग गरिएको छैन : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको बताएका छन्। स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ अभियानमा भ्रष्टाचार भएको भन्दै उपेन्द्रले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको खबर सार्वजनिक भएको थियो। तर, आज बिहान जनकपुर पुगेका यादवले ती खबरहरुमा सत्यता नभएको बताएका छन्।

‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन। तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन,’ उनले भने ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन।’

यसैबिच मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन्। आज पत्रकारहरुसँगको छलफलमा उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell