PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

लाखे छेँमा रहेको प्राचीन पिलाबाट निकालियो लाखे आजुको ख्वापा



पहिलोपोस्ट

लाखे छेँमा रहेको प्राचीन पिलाबाट निकालियो लाखे आजुको ख्वापा

काठमाडौं : यँया (इन्द्रजात्रा) आउन अब १९ दिन बाँकी छ। अहिले काठमाडौंको भित्रि शहरमा जात्राको चहलपहल सुरु भइसकेको छ। जात्रा व्यवस्थापन र संचालनका लागि सम्बन्धित गुठिहरुले काम सुरु गरिसकेका छन्।

आज बिहान लाखेननीमा रहेको लाखे छेँ (लाखे घर) मा मजिपा लाखे आजुको ख्वापा (मुकुन्डो) बाहिर निकालिएको छ। लाखे छेंमा रहेको प्राचीन ‘पिला’ (गोप्य माटोको सन्दूक)मा राखिएको लाखेको ख्वापा बाहिर निकालिएको हो। लाखे आजुसँगै झ्यालिन्चाको ख्वापा समेत बाहिर निकालिएको छ।

काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिंलाई ठड्याएसँगै विधिवत् रुपमा यँया: सुरु हुन्छ। यसैदिनबाट लाखे नाच पनि सुरु हुन्छ।

आज लाखेको ख्वापालाई निकालिएपछि बनाउन र रंग लगाउन यट्खा टोलमा रहेका चित्रकार कहाँ लग्ने परम्परा रहेको छ। ख्वापालाई १५ दिनपछि दशमीका दिन लाखे घर फिर्ता ल्याइन्छ र एकादशीका दिन ख्वापामा रातो कपाल सजाउने गरिन्छ।

इन्द्रजात्रा भर ८ दिनसम्म लाखेनाच काठमाडौंको विभिन्न क्षेत्रमा प्रदर्शन गरिन्छ। इन्द्रजात्रा सम्पन्न भएको केहीदिनपछि लाखे आजुलाई समयबजी चढाई विधिवत रुपमा ख्वापा 'पिला' मा राखिन्छ। यसरी भित्र राखिएको ख्वापालाई अर्को वर्ष मात्र ‍बाहिर निकालिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell