PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एमाले जुट्यो चुनावको तयारीमा, आजदेखि लगालग छलफल



पहिलोपोस्ट

एमाले जुट्यो चुनावको तयारीमा, आजदेखि लगालग छलफल
फोटो : राजन काफ्ले

काठमाडौं : नेकपा (एमाले)ले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तयारी थालेको छ। सोमवार पार्टी कार्यालय च्यासलमा स्थायी कमिटीको बैठकमा चुनाव केन्द्रित भएर छलफल भइरहेको एमाले पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए।

उनले भदौ ९ गते बस्ने पोलिटब्युरो बैठक तथा १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेण्डा तय गर्न बैठक बसिरहेको जानकारी दिएका छन्। केही संगठनात्मक निर्णय पनि आजको बैठकले गर्ने उनको भनाइ छ।

‘केही-केही सांगठनिक कामहरु गर्छ यसले,’ उनले भने।

एमालेले भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell