PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

चालक र सहचालकको बयान नै बाँझिएपछि खुल्यो बीमाबाट रकम हत्याउन बन्दको दिन टिपर जलाउने योजना



पहिलोपोस्ट

चालक र सहचालकको बयान नै बाँझिएपछि खुल्यो बीमाबाट रकम हत्याउन बन्दको दिन टिपर जलाउने योजना
फाइल फोटो

काठमाडौं: बिहान  ५ बजेर १० मिनेटमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानी लमही सडकको बबई खोला पुलमा एउट टिपरमा आगोलागी भएको जानकारी प्रहरीमा आयो। घटनास्थल पुगेर हेर्दा रा १ ख १६९४ नम्बरको टिपरमा आगोलागी भएको थियो।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले  नेपाल बन्द आह्वान गरेका थियो। प्रहरीको ध्यान सुरुमा आन्दोलनकारीले नै आगजनी गरेको भन्ने भयो। बिहानैदेखि बन्दलाई निस्तेज बनाउन देशभर नै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो। यसरी सडकमा सुरक्षाकर्मी खटीएको समयमा नै आगजनी भएपछि प्रहरीको लागि चुनौती थपिएको थियो।

घटनास्थलमा टिपरका चालक र सहचालक थिए। टिपर चालक अरुण चौधरी र सहचालक आकाश चौधरी। चालक र सहचालक राप्ती गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय हुन्। चालक अरुणले टिपर चलाउन थालेको सात वर्ष भइसकेकेको थियो। त्यसपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्‍यो। चालक र सहचालकले दिएको जानकारी प्रहरीलाई शंका लाग्यो। दुइ जनाको घटनाको विवरणमा नै बाँझियो।

'उनीहरुले एउटै कुरा गरेनन्। कहिले तीन जना आएर कहिले पाँच जना आएर आगो लगाए भन्ने जस्ता फरक फरक कुरा गरे,' जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले भने।

त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थाल्यो। बयानको क्रममा चालक र सहचालक बिच कुरा बाँझियो। उनीहरुले घटना धेरै बेरसम्म लुकाउन सकेनन्। त्यसपछि उनीहरुले साढे ४ बजेतिर आफैंले आगो लगाएको स्वकार गरेको एसपी काफ्लेको दाबी छ।

'उनीहरुको कुरा नै शंका थियो। त्यसपछि केरकार गर्दा आफैंले नै आगो लगाएको बताएका हुन्,' एसपी काफ्लेले भने।

आगजनीबाट टिपरको अगाडिको भाग जलेर क्षति भएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडीधनीको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको हो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले मंगलवार नेपाल बन्द आह्वान गरेका थियो। त्यही समय उनीहरुको राम्रो मौका बन्यो। गाडी धनेश्वर भण्डारीको भएको खुलेको छ। गाडी धनीले केही दिनअघि नै विग्रिएका आगो लगाउन भनेको बयानमा भनेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १८ घर भएका ४३ वर्षीय धनेश्वर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरु विरुद्द अपराधिक लाभ लिने शिर्षकमा अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ। उनीहरु विरुद्दको कसुर प्रमाणित भएमा १ वर्षकैद र १० हजार रुपैयाँ जरिवाना समेत हुन सक्नेछ।

उनीहरुले बीमा गरेको कागजपत्र समेत प्रहरीले मगाएर अनुसन्धान सुरु गरेको एसपी काफ्लेले बताए। बीमा रकमको लागि गाडीदेखि कारखानामा समेत आगजनी हुने गरेको घटना नौला भने होइनन्। त्यति मात्र होइन बीमा गराएर मानिसको हत्या गरि बीमा रकम लिएको उदाहरण समेत छ।

साउन १३ गते नक्कली विवाह दर्ता गरी बीमाको साढे २ करोड रुपैयाँ हत्याउन सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थिसयो। पक्राउ पर्नेहरुमा सपना मल्ल, सञ्जिव अर्याल, सरदार अहमखा, तोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन्।

उनीहरुले २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको खुलेको छ। उनीहरुले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए। जुन सवारी दुर्घटना र बीमा रकम दावी गर्ने उद्देश्यले गराएको खुलेको छ।

सपना र सर्जनको विवाह भएपछि एक पटक मात्रै भेट भएको थियो। उनीहरुले सर्जनको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा गराएका थिए। उनीहरुले २०७७ चैत २८ गते १ करोड २० लाख र ७० लाख रुपैयाँको दुर्घटना बीमा गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell