PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य



पहिलोपोस्ट

जेम्स वेब टेलिस्कोपबाट देखियो बृहस्पति ग्रहको ‘अविश्वसनीय’ दृश्य
Photo: NASA/ESA/CSA/JUPITER ERS TEAM/JUDY SCHMIDT

संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली स्पेस टेलिस्कोपले बृहस्पतिको अभूतपूर्व दृश्यहरूलाई प्रकाशमा ल्याएको छ। जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्युएसटी)ले जुलाईमा सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिर लिएको थियो

सार्वजनिक फोटोहरूमा अरोरा, विशाल आँधीबेहरी, चन्द्रमा र बृहस्पति वरिपरिको घेराहरू विस्तृत रुपमा देखिएको छ। जसलाई खगोलविद्हरूले ‘अविश्वसनीय’ भनेर वर्णन गरेका छन्।

इन्फ्रारेड तस्बिरहरूमा फिचरहरू राम्रोसँग देखाउन कृत्रिम रूपमा रंगीन बनाइएको छ। इन्फ्रारेड प्रकाश मानव आँखाले देख्न नसकिने भएकाले पनि यस्तो देखिएको हो।

‘हामीले बृहस्पतिलाई यस्तो कहिल्यै देखेका थिएनौँ। यो निकै अविश्वसनीय छ,’ यस परियोजनामा मुख्य भूमिकामा रहेका क्यालिफोर्निया विश्वविद्यालयका ग्रह खगोलविद् इम्के डि पेटरले भने, ‘साच्चै भन्ने हो भने हामीले वास्तवमै यो तस्बिर यति राम्रो हुने अपेक्षा गरेका थिएनौँ।’

Photo: AP


१० बिलियन डलरको लागतमा निर्माण भएको उक्त टेलिस्कोप अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको नेतृत्वमा युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानाडाको अन्तरिक्ष एजेन्सीको अन्तर्राष्ट्रिय मिसन हो।

टेलिस्कोपबाट आएका धेरै तस्बिरहरूको कम्पोजिटबाट बनाइएको बृहस्पतिको दृश्यमा अरोराहरू बृहस्पतिको उत्तरी र दक्षिणी ध्रुवमा उच्च उचाइसम्म विस्तार भएको नासाले बताएको छ। अरोरा भनेको सूर्यको कारणले आकाशमा हुने ‘लाइट शो’ हो।

त्यस्तै, ‘ग्रेट रेड स्पट’ भनेर चिनिने बृहस्पतिको पृथ्वीलाई निल्न सक्ने एक प्रसिद्ध तूफान भने फोटोमा सेतो देखिएको छ। यसले धेरै सूर्यको प्रकाश प्रतिबिम्बित गर्ने भएकाले सेतो देखिएको बताइएको छ।

जेडब्ल्युएसटी डिसेम्बर २०२१ मा प्रक्षेपण गरिएको थियो र हाल यो पृथ्वीबाट लगभग १.६ मिलियन किलोमिटरको दुरीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell