PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सुरक्षा पन्त अभिनित ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय, ‘वर एण्ड बधु’ र ‘परस्त्री’सँग भिड्ने पक्का



पहिलोपोस्ट

सुरक्षा पन्त अभिनित ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय, ‘वर एण्ड बधु’ र ‘परस्त्री’सँग भिड्ने पक्का

काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ। यसअघि कात्तिक १८ गतेका लागि रिलिज मिति तोकिएकोमा यो फिल्म अब आगामी फागुन १९ गते प्रदर्शन हुँनेछ।

निर्माण टिमले मंगलवार फिल्मको नयाँ पोस्टरसहित रिलिज मिति घोषणा गरेको हो। चुनावका कारण फिल्मको पूर्वनिर्धारित मिति सारिएको हो।

यसअघि फागुन १९ गतेका लागि नै मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरज पाण्डेको ‘परस्त्री’को प्रदर्शन मिति तय भएको छ। अब एकैदिन तीन नेपाली फिल्महरू भिड्नेछन्।

फिल्म ‘बुलाकी’ कर्णाली क्षेत्रको कथा हो। लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मलाई शिव ढकालले खिचेका हुन्।

फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायाङ्कन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell