PahiloPost

May 14, 2024 | १ जेठ २०८१

सत्ता गठबन्धनमा भागबण्डाका लागि जुटे शीर्ष नेता



पहिलोपोस्ट

सत्ता गठबन्धनमा भागबण्डाका लागि जुटे शीर्ष नेता
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सुरु भएको छ। गठबन्धनका नेताहरु छलफलमा जुटेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

गठबन्धनका नेताहरु केही समययता मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको टिकट बाँडफाटका विषयमा छलफल गरिरहेका छन्। सोमवार पनि गठबन्धनका नेताहरुबिच छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो।

आज पनि गठबन्धनको भागबण्डालाई लिएर शीर्ष नेताले छलफल गरिरहेका हुन्। यसअघि गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलले शनिवार शीर्ष नेताहरुलाई अहिलेसम्मको गृहकार्यबारे जानकारी गराएको थियो।

गठबन्धनमै सहमति जुटाएर गए बाँडफाँटका लागि सजिलो हुने सत्तारुढ दलका नेताहरुको मत छ। कस्तो मापदण्ड बनाएर भागबण्डा गर्ने भन्नेबारेमा सत्तारुढ दलबिच सहमति जुट्न सकेको छैन। भदौ पहिलो हप्ता टिकट बाँडफाँट सक्ने समयसीमा तोकिएको भएपनि गठबन्धन अझै निचोडमा पुग्न नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell