PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ



पहिलोपोस्ट

आफ्ना पार्टीका नेतालाई ओलीको ब्रिफिङ : एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ
फोटो : ओलीको सचिवालय।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा मंगलवार बसेको स्थायी कमिटीको बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै ओलीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्।

आफ्नाविरुद्धमा सत्ता गठबन्धन दल भएपनि एमाले एक्लै लड्ने क्षमता राख्ने बताएका हुन्। स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ओलीले चुनावमा एमालेले कसैसँग पनि तालमेल नगर्ने बताएको जानकारी दिए।

‘अध्यक्षले अहिलेको परिप्रेक्षमा हामी एक्लै तयारीमा हौँ, एमाले एक्लै चुनाव जित्ने तयारी गर्छ भन्नुभयो,’ तामाङले भने।

एमालेको बैठक मंसिर ४ को चुनावमा केन्द्रित भएको थियो। प्रदेश इञ्चार्जले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेको तामाङको भनाइ छ।

केही संगठनात्मक कामबारे पनि आजको बैठकमा छलफल भएको थियो। पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको ऐजेण्डाबारे पनि मंगलवारको बैठकमा छलफल भएको थियो।

एमालेले ९ गते पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। १२ गते केन्द्रीय निर्वाचन परिचाल कमिटीको बैठक बस्ते तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell