PahiloPost

May 15, 2024 | २ जेठ २०८१

थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९४९ जनामा परीक्षण गर्दा ६ सय ३४ जनामा संक्रमण देखिएको हो।

२ हजार ७५७ पीसीआर परीक्षण गरिएकोमध्ये ३४३ जनामा र २ हजार १९२ एन्टीजेन परीक्षण गरिएकोमा २९१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, सोही अवधिमा ४ सय १७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ रहेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ९४ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell