PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

मौसम पूर्वानमान : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना



पहिलोपोस्ट

मौसम पूर्वानमान : दिनभर बदली, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिक देखिसामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell