PahiloPost

Jul 3, 2024 | २० असार २०८१

किसानका लागि मल माग्न काठमाडौं आए मेयर राजेशमान, ‘धुवाँधुलो वीरगंजवासीले खान्छन्, तर मल पाउँदैनन्’



पहिलोपोस्ट

किसानका लागि मल माग्न काठमाडौं आए मेयर राजेशमान, ‘धुवाँधुलो वीरगंजवासीले खान्छन्, तर मल पाउँदैनन्’

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकायम संचालक राजेन्द्र बहादुर कार्कीलाइ भेटेर वीरगंजका किसानका लागि पर्याप्त रासायनिक मल सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन्। मङ्गलबार काठमाडौंमा कार्कीलाइ भेटेर सिंहले वीरगंजका किसानलाइ आवश्यक परिमाणमा रासायनिक मल सहज रुपमा उपलब्ध हुने प्रबन्ध मिलाइन दिन आग्रह गरेका हुन्।

सिंहले विदेशबाट आयात गरिएको मल भित्रिने मुख्य नाका वीरगंज नै भए पनि त्यहीँकै किसानले मल नपाएर छट्पटिनु पर्ने अवस्था रहेको भन्दै कार्कीको ध्यानाकर्षण गराएका थिए।

‘धुवाँधुलो वीरगंजवासीले खान्छन् तर मल भने पाउँदैनन्। यस तर्फ कम्पनीको ध्यान पुगोस,’उनले भेटका क्रममा भने।

अहिले कम्पनीले वीरगंजका किसानका लागि छुट्याएको मलको कोटा अति नै अपुग रहेको भन्दै सिंहले त्यसका अतिरिक्त थप कोटा वीरगंजका किसानका लागि छुट्याइन दिन कार्कीसंग आग्रह पनि गरेका थिए।

कार्कीले भने सिंहको कुरा जायज भएको भन्दै यस बारे आफूले सक्दो पहल गर्ने आश्वासन दिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। कार्कीले मल भित्रिने मुख्य नाका वीरगंजका किसानको सहुलियतका लागि मलको कोटा थप्ने विषयमा आफू गम्भिर रहेको बताएका थिए।

यसअघि वीरगंजका किसानले मल नपाएको भन्दै एक साता अघि ४ ट्रक मल कब्जामा लिएका थिए। पछि वीरगंज महानगरको ३२ वडामा २ सय बोराको दरले ६४ सय बोरो मल उपलब्ध गराउने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell