PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता



पहिलोपोस्ट

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता
फाइल फोटो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।

‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने।

प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन्। मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि रु २० लाख रुपैयाँसम्मको कागज गरेको उजुरीमा उल्लेख छ।

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ। उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलिरहेको छ। मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell