PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चीनमा थप ३८० जनामा देखियो कोरोना भाइरस संक्रमण



पहिलोपोस्ट

चीनमा थप ३८० जनामा देखियो कोरोना भाइरस संक्रमण
Photo : China News

चीनमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलवार ३८० जना स्थानीयस्तरमा फैलिएको भाइरसको संक्रमित भेटिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन्।

संक्रमण देखिएका मध्ये सबैभन्दा बढी हाइनन प्रान्तबाट रहेका छन्। त्यहाँका २६४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, १ हजार २६१ जना लक्षण बिहीन बिरामीहरुको पनि पहिचान भएको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ।

पछिल्लो समय चीनमा फेरि कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। धेरैजसो केसहरु स्थानीय स्तरबाटै फैलिएको र केहीमात्र विदेशबाट भित्रिएको देखिएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell