PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचनमा पर्यवेक्षण गर्न चाहने संस्थासँग आयोगद्वारा आवेदन माग



पहिलोपोस्ट

निर्वाचनमा पर्यवेक्षण गर्न चाहने संस्थासँग आयोगद्वारा आवेदन माग

काठमाडौं : मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने संस्थासँग आवेदन माग गरिएको छ। निर्वाचन आयोगले आप्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको हो।

आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ।

आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको छ। यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell