PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

नारायणी नदीमा हाम फालेकी युवतीको खोजी कार्य जारी



पहिलोपोस्ट

नारायणी नदीमा हाम फालेकी युवतीको खोजी कार्य जारी
फाइल फोटो

काठमाडौः चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेपछि प्रहरीले खोजी गरिरहेको छ।

चितवन खैरहनी नगरपालिका ७ बस्ने २६ वर्षीय ऋचा उप्रेतीले नदिमा हाम फालेको सूचना आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

मंगलबार  करिब ३ बजेतिर हाम फालेको सूचना आएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले खोजी गरिरहेको छ। मंगलबार नभेटिएकाले आज पनि खोजी भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell