PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

देउवा र ओलीबिच भेट, के कुराकानी गर्न बालकोटबाट बालुवाटार पुगे ओली?



पहिलोपोस्ट

देउवा र ओलीबिच भेट, के कुराकानी गर्न बालकोटबाट बालुवाटार पुगे ओली?
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो।

आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ। केहि समययता एमालेले राष्ट्रिय मुद्दाका विषयमा देउवाले प्रतिपक्षी दलसँग छलफल नै नगरेको भन्दै विरोध जनाउँदै आएको थियो।

यस्तै, नागरिकता विधेयकका बारेमा पनि एमालेले विरोध जनाइरहेको छ। प्रतिनिधि सभामा उक्त विधेयकमाथि एमालेले मत विभाजन माग गरेको थियो। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग माथि पनि एमालले सभामुख अग्निप्रसाद सापकोले प्रष्ट्याउनुपर्ने अडान राख्दै आएको छ। ओलीले समसामयिक छलफलका लागि देउवासँग कुराकानी गर्न खोजेको उनको सचिवलायले जनाएको छ।

'समसामयीक राजनीतिका बारेमा कुराकानी गर्न जानु भएको हो,'सचिवालयका एक सदस्यले भने। एमाले र सत्ता गठबन्धनले चुनावको आन्तरिक तयारी गरिरहेका बेला देउवा र ओलीबिच भेट भएको हो। एमालेको मंगलवारको स्थायी कमिटीको बैठकमा ओलीले पार्टीको नीति एक्लै प्रदेश तथा प्रतिनिधि सभाको चुनाव भिड्ने भएको स्थायी कमिटी सदस्यलाई ब्रिफिङ गरेका थिए। ओलीकै आग्रहमा प्रतिनिधि सभाको बैठक मंगलवार नै एक हप्ता पछि भदौ १३ गते सम्मका लागि सारिएको छ। 

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पार्टी एकताका लागि गृहकार्य भइरहेका बेला ‌ओलीले देउवालाई भेटेका हुन्। मंसिर ४ गते हुने चुनावमा पाँच दलीय गठबन्धन भित्र टिकट बाँडफाँटको टुंगो लाग्न सकेको छैन्। गठबन्धनमा रहेका कम्युनिस्ट पार्टी एकता हुने भए पछि देउवा-ओली भेटलाई महत्वका साथ हेरिएको छ। यसअघि एमालेले लामो समयसम्म प्रतिनिधि सभामा अवरोध गरेपछि देउवा ओलीकै निवास बालकोट पुगेर पटक-पटक संवाद गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell