PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

‘विक्रम वेधा’को रिमेकको टिजरमा सैफ अली खान र ऋतिक रोशनबिच टकराव



पहिलोपोस्ट

‘विक्रम वेधा’को रिमेकको टिजरमा सैफ अली खान र ऋतिक रोशनबिच टकराव

फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता सैफ अली खान र ऋतिक रोशन बिचको झगडा, लडाइँ र टकरावलाई देख्न सकिन्छ।

टिजरमा ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा। सैफले ऋतिकसँग सोधपुछ गरिरहेको टिजरमा देख्न सकिन्छ। जसकारण पनि फिल्ममा ऋतिक र सैफको अन-स्क्रिन झगडा हेर्न पाइनेछ।

यो फिल्म सन् २०१७ रिलिज भएको सुपरहिट तमिल फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो। तमिल फिल्ममा विजय सेतुपाथी र आर माधवनको मुख्य भूमिका थियो। फिल्मले राम्रो प्रतिक्रिया समेत पाएको थियो।

यस फिल्ममा सैफ र ऋतिकका साथै राधिका आप्टे, रोहित सराफ र योगिता बिहानीको पनि अभिनय रहेको छ। यो फिल्म आगामी ३० सेप्टेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell