PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

नागरिकता विधेयकको विरोध गर्नु ओलीको पाखण्ड र राष्ट्रवादको मखुन्डो : प्रचण्ड



पहिलोपोस्ट

नागरिकता विधेयकको विरोध गर्नु ओलीको पाखण्ड र राष्ट्रवादको मखुन्डो : प्रचण्ड
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक गलत ढंगले गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधेयकको सार तत्व आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउन भन्ने रहेको बताए। उनले राष्ट्रघात भन्नु पाखण्ड बाहेक केही नभएको बताए।

'यो त्यही विधेयक हो जसलाई केपी ओली प्रधानमन्त्री बन्दा अध्यादेशको रुपमा लगिएको थियो। जसले अध्यादेश लगेका थिए उनीहरुले सोही विधेयक लैजाँदा राष्ट्रघात भन्नु भन्दा बेइमानी अनैतिकता भन्दा केही होइन्', उनले भने, 'उनीहरु प्रचार गर्दा पहिला सात वर्षे वैवाहिक अंगिकृतको प्रावधान जुन पारित भएको थियो। म पनि त्यतिबेला अध्यक्ष थिए।'

राज्य व्यवस्थाको त्यो प्रस्ताव सदनमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै भएको उनको भनाइ थियो।

'अहिले जे आएको छ, त्यो अध्यादेशमा लैजाने पनि केपी ओली गुट नै हो। यति छर्लङ्ग कुरामा पनि मानिसहरुलाई भ्रम छर्न सकिन्छ र राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने ठान्ने दुस्साहस भएको छ,' उनले भने।

उनले जनता सचेत भएको भन्दै त्यस्तो भ्रममा कोही नपर्ने बताए। चितवनमा प्रचण्ड आफ्नो चुनावी क्षेत्रमा रहेको माडीमा विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। उनी संघीय सरकारका वनमन्त्री प्रदीप यादव र पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईसहित माडी पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell