PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ बाट, प्रथम पुरस्कार २ लाख ५१ हजार



पहिलोपोस्ट

दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ बाट, प्रथम पुरस्कार २ लाख ५१ हजार

काठमाडौं : दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर भदौ २५ गतेबाट सुरु हुने भएको छ। अहिलेसम्मकै ठूलो धनराशीको स्नुकर प्रतियोगिता हुने आयोजकले जनाएको छ।

२ सय ५६ बढी खेलाडीको प्रतियोगितामा सहभागिता हुने विश्वास लिइएको आयोजकले आज पत्रकार सम्मेलन गर्दै जनाएको छ। प्रतियोगितामा पहिलो हुनेले २ लाख ५१ हजार, दोस्रो हुनेले १ लाख ११ हजार तथा तेस्रो हुनेले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसबाहेक पनि उच्च ब्रेक, उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, अनुशासित खेलाडी, क्वाटर फाइनलिस्ट लगायत विभिन्न विधामा पुरस्कार राशीहरु छुट्याएको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell