PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानको लागि बोलाउने समितिको निर्णय



पहिलोपोस्ट

निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानको लागि बोलाउने समितिको निर्णय
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’

बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिए। उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताए। बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell