PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

उपचारका लागि लगिएका कैदी शिक्षण अस्पतालबाट फरारः नख्खु कारागारका प्रमुख हटाइए, पालको नेतृत्वमा छानबिन समिति गठन



पहिलोपोस्ट

उपचारका लागि लगिएका कैदी शिक्षण अस्पतालबाट फरारः नख्खु कारागारका प्रमुख हटाइए, पालको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँः नेपाल प्रहरीको अनाश्रीत गुल्म नख्खुमा रहेका एक कैदी उपचारका क्रममा भागेका छन्। कर्तव्य ज्यान मुद्धाका कैदी रामेछापका भोला बुढाथोकी महाराजगन्जस्थित शिक्षण अस्पतालबाट भागेका हुन्। 

कारागारले उपचारका लागि बुढाथोकीलाई अस्पताल पुर्‍याइएको थियो। बुधबार अपराह्न करिब सवा चार बजे बुढाथोकी भागेका हुन्। 

घटनापछि प्रहरीले कारागार कार्यालय नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। यस्तै कैदीको सुरक्षामा खटिएका प्रहरीलाई निलम्बन गरिएको छ। 

घटना अनुसन्धानका लागि प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति समेत गठन भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell