PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एमाले पोलिट्ब्युरो बैठक, ओलीले राजनीतिक प्रतिवेदनबारे जानकारी दिने



पहिलोपोस्ट

एमाले पोलिट्ब्युरो बैठक, ओलीले राजनीतिक प्रतिवेदनबारे जानकारी दिने
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ। बैठक बिहीवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको पार्टी सचिवालयले जनायो।

बैठकमा अध्यक्ष केपी ओलीले भोलिबाट शुरु हुने केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिने बताइएको छ। 'नेकपा (एमाले), पोलिट्ब्युरोको बैठक आज ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ,' आजको बैठकबारे जारी सूचनामा भनिएको छ, 'बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनका बारेमा जानकारी दिनुहुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell