PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह



पहिलोपोस्ट

अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्।

पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित घरधनी र व्यवसयीले सामान हटाउन केही दिन मागेकाले मेयरले केही समय पनि दिएका छन्।

बुधवार महानगरले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडको आरबी कम्पेक्स अगाडिका संरचना भत्काएको थियो। अनधिकृतमा बनाइएका संरचना भत्काउने काम जारी रहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell