![भदौ ११ गतेबाट सुरु हुने ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’मा हिमेश पन्तको प्रस्तुति](https://pahilopost.com/assets/upload/contentthumb/300872394_1118068252125744_1930508795444147790_n.jpg)
काठमाडौं : अल नेपाल ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ। ११ भदौबाट बिर्तामोडबाट सुरु हुने यस टुरलाई डिजिटल वालेट खल्तीको मुख्य प्रायोजनमा मिम नेपालले आयोजना गरेको हो।
बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल हुँदै काठमाडौंका विभिन्न कलेजहरुमा ‘स्ट्यान्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए।
टुरमा कमेडी च्याम्पियन बिजेता हिमेश पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा, सुजन जिम्बा लगायतका कमेडियनहरुको प्रस्तुति रहनेछ।
यसरी कमेडी टुर पहिलो पटक हुन लागेको र यो टुरमा दर्शकहरुको उत्साहजनक सहभागिता हुने आशा आयोजकले गरेको छ। कमेडी च्याम्पियन जितेपछि आफ्नो पहिलो टुर भएको हुनाले निकै उत्साहित रहेको हिमेस पन्तले बताए।