PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अनधिकृत संरचना हटाउन वार्निङ दिँदै हिँडेका मेयर साहले जब आक्रोसित हुँदै प्रश्न गरे : तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईँसँग?



प्रवीण रानाभाट

अनधिकृत संरचना हटाउन वार्निङ दिँदै हिँडेका मेयर साहले जब आक्रोसित हुँदै प्रश्न गरे : तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईँसँग?

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह आज बिहान नयाँबानेश्रवर, शंखमुल र बुद्धनगर क्षेत्र पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङमा भएका व्यवसायहरु हटाउन निर्देशन दिएका छन्।

जब उनी बुद्धनगरस्थित अल्फाबिटामा पुगेका थिए त्यहाँ भने माहोल केही तात्यो। अगाडिसम्म शान्त बनेका मेयर साहले संरचना हटाउन भन्दै सम्बन्धित व्यक्तिलाई भनेका थिए। त्यसपछि उनले हटाउने नोटिस र नक्साको कुरा निकालेपछि मेयर जंगिएका हुन्।

 

मेयर साहले जंगिदै प्रश्न गरे- तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाइसँग?

त्यसपछि वरपर रहेका अन्य मानिसले पनि मेयर साहलाई शान्त भएर बोल्न आग्रह गरेका थिए।

बुधवार महानगरले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडको आरबी कम्पेक्स अगाडिका संरचना भत्काएको थियो। अनधिकृतमा बनाइएका संरचना भत्काउने काम जारी रहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell