PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

१६५ वटै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन



पहिलोपोस्ट

१६५ वटै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताको निर्देशन
फाइल फोटो।

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुले टिकट बाँडफाँट कार्यदललाई १६५ वटै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। बिहीवार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहित टिकट बाँडफाँट कार्यदलको बैठकमा सो निर्देशन दिइएको हो।

कार्यदललाई शीर्ष नेताहरुले १६५ वटा निर्वाचन क्षेत्रको बाँडफाँट गरी प्रतिवेदन बुझाउन भनेका हुन्। कार्यदलको बैठक आजै अपराह्न ४ बजे बस्ने बताइएको छ।

बैठकमा गठबन्धनका शीर्ष तहमै सहमति गराउनका लागि कार्यदलसँगै शीर्ष नेताहरु सहभागी भएका थिए। कुन दललाई कति सिट दिने भन्नेबारेमा गठबन्धनमा सहमति जुट्न सकेको छैन। यसअघि पनि बालुवाटारमा लगातार गठबन्धन र कार्यदलको बैठक बस्दै आएको छ।

बुधवार पनि गठबन्धनका नेताहरु बालुवाटारमा बैठक बसेका थिए। गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले बढी सिट मागेका कारण सहमति हुन नसेकेको कार्यदलका सदस्यहरुको भनाइ छ।

मापदण्डका बारेमा पनि कार्यदलमा विवाद रहँदै आएको छ। २०७४ को प्रतिनिधिसभाको मत परिणामलाई मात्रै आधार मान्ने कि नमान्ने भन्नेमा गठबन्धनमा विवाद भएको हो।

स्थानीय तह २०७९ लाई पनि आधार मान्नुपर्ने नेताहरुको भनाइ छ। अहिले प्रतिनिधिसभामा भएकै दलहरुको अवस्थाका आधारमा टिकट बाँडफाँट गर्नुपर्नेसमेत गठबन्धनमा साना दलहरुले गरिरहेका छन्। कांग्रेस भने उक्त प्रस्तावसँग सहमत हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell