PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

हिरोहरुलाई पराजित गर्न यस्तो लुकमा आए जोन अब्राहम



पहिलोपोस्ट

हिरोहरुलाई पराजित गर्न यस्तो लुकमा आए जोन अब्राहम

शाहरुख खानको मुख्य भूमिकामा बनेको फिल्म ‘पठान’ बाट अभिनेता जोन अब्राहमको फर्स्टलुक मोसन पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक मोसन पोस्टरमा अब्राहमको एक्सन लुक देख्न सकिन्छ।  

यस फिल्ममा जोन खलनायकको भूमिकामा छन्। जोन अब्राहमले आफ्नो फर्स्टलुक मोसन पोस्टर ट्विटरमा सेयर गरेका छन्। ‘भिलेन आइसकेको छ सबै हिरोलाई हराउन’ उनले लेखेका छन्। 

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा दीपिका पादुकोण, डिम्पल कपाडिया, आशुतोष राणा लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा सलमान खानको पनि सानो भूमिका रहेको छ।

आदित्य चोपडाले निर्माण रहेको यो फिल्म सन् २०२३ जनवरी २५ मा  हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि शाहरूख पर्दामा देखिएका छैनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell