PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

१५ दिनपछि होसमा आए कमेडियन राजु श्रीवास्तव



पहिलोपोस्ट

१५ दिनपछि होसमा आए कमेडियन राजु श्रीवास्तव

काठमाडौं : भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधार आएको छ। १० अगस्टमा हृदयघातका कारण ढलेका राजुलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

कोमामा रहेका राजुको अस्पताल भर्ना गरेको १५ दिनपछि होस आएको छ। उनका स्वकिय सचिव गर्भित नारङलाई उद्धृत गर्दै भारतीय संचारमाध्यकले गम्भीर अवस्थामा रहेका उनको स्वास्थ्यमा सुधार आएको जनाएको छ।

होस आए पनि राजुलाई डाक्टरहरूको उच्च निगरानिमा राखिएको छ। उनको उपचारका लागि चिकित्सकहरुले न्यूरो फिजियोथेरापीको सहयोग लिइरहेका छन्।

राजुको मस्तिष्कले काम गर्न छोडेपछि मृत्युको खबर समेत फैलिएको थियो। तर परिवारले मृत्युसम्बन्धि फैलिएका हल्ला झुटो भएको भन्दै त्यस्ता समाचारमा ध्यान नदिन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell