PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमालेका विरुद्ध विद्रोह जारी छ, ओली गुटको विरोधमा सशक्त उभिनुपर्छ : झलनाथ खनाल



पहिलोपोस्ट

एमालेका विरुद्ध विद्रोह जारी छ, ओली गुटको विरोधमा सशक्त उभिनुपर्छ : झलनाथ खनाल
फाइल फोटो

कठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो पूर्व पार्टी नेकपा (एमाले)का विरुद्ध अहिले पनि विद्रोह जारी रहेको बताएका छन्। पार्टी पुनर्गठनका अवसरमा आयोजित कार्यक्रममा खनालले एमालेले फैलाएको भ्रमलाई चिर्नुपर्ने बताए।

उनले अझै एमालेका विरुद्ध विद्रोह गर्नुपर्ने बताए।

‘एमालेका विद्रोह अहिले पनि जारी छ। देशभरी यस्ता विद्रोह भइरहेका छन्। समाजवादी क्रान्ति अपनाउने बाटो के हो यसको व्यापक बहस अहिले भइरहेको छ,’ खनालले भने।

उनले एमाले दक्षिणपन्थी भएको र त्यसमा पुँजीवाद पनि मिसिएको बताए। तर, गाली-गलौजमा नउत्रन खनालले आफ्ना पार्टीका नेतालाई निर्देशन दिएका छन्।

‘भ्रमलाई राजनीति वैचारिक हिसाबले चिर्दै जानुपर्छ। दक्षिणवादसँग पुँजीवाद पनि जोडिएको छ। हामी गाली-गलौचमा उत्रिएर होइन बदलका भावना त झनै लिने होइन। वैचारिक बहसहरु नीति निष्ठ हुनुपर्छ,’ खनालले भने।

उनले सिंहले जस्तै पछि फर्केर पनि हेर्नुपर्ने बताएका छन्। उनले पार्टी गठन भएपछि भएका नकारात्मक कामको समीक्षा हुनुपर्ने बताएका छन्।

खनालले ठोस योजनाका साथ पार्टी विस्तार गर्दै लैजानुपर्ने बताए। केन्द्रीय कमिटी, प्रदेश र जिल्ला कमिटी सदस्यले सक्रियताका साथ काम गर्नुपर्ने उनले बताए।

एकीकृत समाजवादीले पार्टी गठन भएको एक वर्ष पुगेको दिनमा पुनर्गठन दिवस मनाइरहेको छ। एमाले विभाजन गरेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell