
काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठकले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि विभिन्न मापदण्ड बनाएको छ। पार्टी कार्यालय च्यसलमा बिहीबार सम्पन्न भएको पोलिटब्युरो बैठकमा मापदण्डबारे छलफल भएको एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनले लोकप्रियताका आधारमा एमालेले उम्मेदवार छान्ने बताए। उम्मेदवार बन्न जित्न सक्ने सनिश्चितता पनि हुनुपर्ने एमालेले बताएको छ।
पार्टीको सिद्धान्तनिष्ठ, लोकप्रियता, योगदान र समावेशिता मापदण्ड बनेको गुरुङले बताए। एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने बिहीवार पोलिटब्यरो बैठक बोलाएको थियो। उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ओलीको प्रतिवेदनमाथि खिमलाल देवकोटा, शान्ता चौधरी, खगराज अधिकारी, कृष्ण कुमार राई लगायतले आफ्नो धारणा राखेका थिए।
एमालेले केन्द्रीय कमिटीका लागि विभिन्न ११ वटा एजेण्डा तय गरेको छ।