PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एमालेको केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा, ५२ हजार ५ सय ५० को पार्टी सदस्यता दोहोरियो



पहिलोपोस्ट

एमालेको केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा, ५२ हजार ५ सय ५० को पार्टी सदस्यता दोहोरियो

काठमाडौं : नेकपा (एमाले)को पोलिटब्युरो बैठकले भदौ १० र ११ गते बस्ने बैठकका लागि विभिन्न ११ वटा एजेण्डा तय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनबारे जानकारी दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।

आगामी चुनावको तयारी, स्थानीय तह निर्वाचनको बारेमा बैठकमा समीक्षा भएको थियो। ओलीले बैठकमा सत्ता गठबन्धनको धाँधलीका कारण स्थानीय तहको निर्वाचनमा पराजित हुनुपरेको र कतिपय ठाउँमा पार्टी भित्रको मतभेदले पनि हार्नु परेको बताएका थिए। 

के एजण्डा छन् केन्द्रीय कमिटीका लागि?

ओलीको राजनीतिक प्रतिवेदन, मनोनित ४ जना केन्द्रीय सदस्यलाई सपथ, सचिवालयको निर्णयको अनुमोदन गर्ने एजेण्डा तय भएको छ।

उम्मेदवारको मापदण्ड पारित गर्ने, स्थानीय तहको निर्वाचनको बारेमा प्राप्त उजुरी छानबिनका लागि विष्णु पौडेलको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन प्रस्तुत गर्ने पनि केन्द्रीय कमिटीको एजेण्डा बनेको छ।

पार्टी सदस्यता दोहोरिएकोबारे विशेष निर्णय पनि एजेण्डामा छ। एमालेको संगठन विभागमा दर्ता भएको पार्टी सदस्यता ८ लाख ५५ हजार ४ सय ५३ रहेको भएपनि थपिएर ११ लाख पुगेको अनुमान रहेको गुरुङले बताए। ५२ हजार ५ सय ५० को सदस्यता दोहोरिएको छ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको रिपोर्ट प्रस्तुत हुने एमालेको केन्द्रीय कमिटीका लागि अर्को एजेण्डा तय भएको छ।

भारत प्रवासका लागि नियमावली बनाउने, केही नियमहरु पारित गर्नुपर्ने अर्को एजेण्डा छ। मनोनित केन्द्रीय सदस्यको कार्यविभाजनको एजेण्डा पनि तय भएको छ। समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने एमालेको अन्तिम एजेण्डा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell