PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा निस्किए दिपंकर बुद्ध

भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा निस्किए दिपंकर बुद्ध

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज भक्तपुरमा पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो।

भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट दिपंकर बुद्धलाई निकालिएको थियो। दिपंकर बुद्धलाई नगर परिक्रमाका क्रममा विभिन्न स्थानहरुमा राखिएको थियो। त्यसक्रममा स्थानीय र गुठीबाट पूजा गरिएको थियो।

आज भक्तपुरवासीले बिहानैदेखि पञ्चदान दिने परम्परा छ। त्यसैले दिपंकर बुद्धसहित शाक्य, ब्रजाचार्य र भिक्षुलाई आज भिक्षा दान दिइएको थियो।

पञ्चदानको दिन पूजामा सूर्यमुखी फूल, धुप, दीप, गन्ध, र रस, भोजन साममाग्रीमा धान, चामल, गहुँ, क्वाटी, केराउ, मास, पिँडालु, मुला आदि, पेयपदार्थमा सख्खर पानी, सिसाफल, लगायतका सामाग्री दान गर्ने परम्परा रहेको छ।

यस्तै, दिपंकर बुद्धलाई धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि दान दिइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell