PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नवौं राष्ट्रिय खेलकुदलाई ५० दिन बाँकी : ६० करोड बजेट सुनिश्चित हुँदा १० करोड निकासा, अरु के तयारी हुँदैछ?



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुदलाई ५० दिन बाँकी : ६० करोड बजेट सुनिश्चित हुँदा १० करोड निकासा, अरु के तयारी हुँदैछ?
तस्बिर: राखेप

काठमाडौं; नवौ राष्ट्रिय खेलकुद सुरु हुन अब ५० दिन बाँकी छ। प्रतियोगिताका आयोजनाका ललागि विभिन्न समिति बनाएर काम अघि बढेको छ भने धेरै काम बाँकी पनि छ।

प्रतियोगिताका लागि ३६ खेलका खेलाडी कोटम र खेल इभन्ट स्वीकृत भएको छ। प्रतियोगितामा ११ टिमका ७७९९ खेलाडीको सहभागिता हुने राष्ट्रिय खेलकुद परिषद (राखेप)को आँकलन छ। प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत भएको तथा १० करोड निकासा भएको राखेपले जनाएको छ। प्रतियोगिताका लागि १३ वटा विषयगत उपसमितिको संयोजक र सचिव मनोनयन भइसकेको जनाइएको छ।

'नेपाल सरकारले ६० करोडको बजेट छुट्याएको छ। बजेट किताबमा १० लाख थियो। यसले के होला भन्ने थियो। सरकारले बजेट भाषणमा पर्याप्त बजेट बिनियोजन गर्ने बताइएको थियो,' राखेपमा पत्रकार सम्मेलन गर्दै सदस्यसचिव टंकलाल घिसिङले भने, 'तीन चरणमा माग गरिएको १० करोड दोस्रो चरणमा २३ करोड र बाँकी रकम तेस्रो चरणमा २७ करोड अपेक्षा गरेका छौं। प्राप्त रकम तयारीका लागि बजेट निकासासमेत भइसकेको छ। प्राप्त भएको मात्र होइन प्रदेशमा पठाइसकिएको छ।'

दशै तिहारको बीचमा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुँदा फेरि प्रतियोगिता सर्लाकि भनेर संसय नराख्न सदस्यसचिव घिसिङले भनेका छन्।

'फेरि मिति सर्दैन भनेर पटकपटक भनेको थिएँ। चुनावको वर्ष भन्ने थियो। यहाँसम्म आइपुग्दा अब नसर्ने गरि तय भएका छन्। मूलभुत पक्षमा कामहरु सुरु भइसकेका छन्,' उनले भने, 'दशै अघि नै हुन पाए हुन्थ्यो भन्ने थियो। मनुसनले गर्दा अगाडि सम्भव नहुने मौसमविदसँगको समन्वयपछि गरेको हो। तिहार पछि गए चुनाबले प्रभाव पार्ने हुँदा दुबैलाई असर नपारी यो मिति तय भएको थियो। निर्वाचन आयोगले पनि कार्यक्रम नजुध्ने गरि नै राख्नु भएको छ।'

प्रतियोगिता नजिकिँदै गर्दा खेलस्थलको भने अझै टुंगो लाग्न बाकीँ छ। सदस्यसचिव घिसिङले गण्डकी प्रदेशका ८ जिल्लाहरुमा खेलस्थल प्रस्तावित भएको भए पनि अधिकांश खेलहरु कास्कीको पोखरामा हुने बताए। खेलस्थलको टुंगो लगाएर चाँडै सार्वजनिक गर्ने उनले बताए।

केके छन् बाँकी काम?

राखेपले खेलतालिका निर्माण, खेलाडी छनोट तथा खेलाडीको अन्तिम नामावली चाँडै सर्वजनिक गर्ने सदस्यसचिव घिसिङले बताए।

सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको तथा राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको राखेपले जनाएको छ।

भदौ २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु गर्ने तयारी राखेपको छन्। खेल स्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी छ जसको १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने राखेपले जनाएको छ।

खेलाडी तथा अफीसियलको बसोवासको सन्दर्भमा पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको घिसिङले बताए। त्यस्तै प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन, दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको राखेपले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell