PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

ग्रिन कार्डसहित अमेरिका पठाउँछु भन्दै करोडौं ठगी गर्ने तीन जना पक्राउ



पहिलोपोस्ट

ग्रिन कार्डसहित अमेरिका पठाउँछु भन्दै करोडौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं : स्थायी बसोवास अनुमतिपत्र(ग्रिनकार्ड)सहित अमेरिकामा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। काठमाडौं गैरीधारा मार्गस्थित प्रेसिडेन्सियल इमिग्रेसन प्रालि कन्सलटेन्सीका सञ्चालक परविन राईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

संखुवासभा सिलिचोङका राईले परामर्श प्रयोजनका लागि खोलेको उक्त कन्सल्टेन्सीबाट अमेरिका, क्यानडा, जापानलगायत देशमा इमिग्रेसन भिसामा वैदेशिक रोजगारमा पठाइदिने भनि प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ। उजुरी आएपछि प्रहरी कन्सल्टेन्सी पुगेको थियो। कन्सलटेन्सीले कम्पनी दर्ता गर्दा परामर्श दिने भनी दर्ता गरेको भए पनि शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट अनुमति लिएको नदेखिएको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यसैगरी उक्त कन्सल्टेन्सीले दुई वर्षभित्रमा अमेरिका पठाउँछु भन्दै एक व्यक्तिबाट ५० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीलाई राइसिहति पश्चिम नवलपरासी रामग्रापका ओमकार गुप्ता र इलाम सूर्योदयका संजय तामाङलाई पनि नियन्त्रणमा लिएको छ। उनीहरु तीनै जनालाई शिक्षा ऐन, २०२८ तथा ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको प्रहरीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell