PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बेन्जेमा यूईएफए वर्ष खेलाडी



पहिलोपोस्ट

बेन्जेमा यूईएफए वर्ष खेलाडी
Photo: AFP via Getty Images

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फर्वाड करीम बेन्जेमा यूईएफए वर्ष खेलाडी बनेका छन्। बेन्जेमा थियाउट कोर्टुवा र केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी बनेका हुन्।

गएको सिजनका बेन्जेमाले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन र फ्रान्सलाई यूईएफए नेशन्स लिगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

'मैले यो ट्रफी पहिलो पटक जितेको हो तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टिमसँग ट्रफी जितेको हो,' वर्ष खेलाडी बनेपछि बेन्जेमाले भनेका छन्, 'एन्सेलोटी विश्वका उत्कृष्ट प्रशिक्षक हुन्, उनले हरेक खेलाडीसँग सही गर्छन्, उनले हामीलाई आत्मविश्वास दिन्छन् र हरेक खेल अघि के गर्ने भनेर बताउँछन्।'

इस्तानबुलमा यूईएए च्याम्पियन्स लिगको 'ड्र'को कार्यक्रमबीच अवार्ड घोषणा गरिएको थियो।

२०२१/२२ को सिजनमा बेन्जेमाले च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गर्दा एक असिस्ट गरेका थिए। त्यस्तै ४ वटा खेलमा प्लेयर अफ दी म्याच भएका थिए। त्यस्तै ३२ ला लिगा खेलमा २७ गोल तथा १२ एसिस्ट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell