PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

चितवनका तीन फर्मेसीमा औषधि विभाग वीरगंज शाखाको सिल



पहिलोपोस्ट

चितवनका तीन फर्मेसीमा औषधि विभाग वीरगंज शाखाको सिल

वीरगंज : चितवनमा दर्ता नै नगरी सञ्चालनमा रहेका तीन फार्मेसीलाई औषधी व्यवस्थापन विभाग वीरगंजले शिल गरेको छ। सूचना पाउनसाथ विभागले बिहीवार साँझ अनुगमन गर्दा दर्ता नै नगरी सञ्चालनमा रहेको पाएकोले ती फार्मेसी सिल गरेको औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका प्रमुख मुकेन्द्र पञ्जियारले बताए।

चितवनको माडी वडा नम्बर ३ मा संचालित जनसेवा हेल्थ क्लिनिक, योगदान हेल्थ क्लिनिक, जीवन हेल्थ क्लिनिकलाई शिल गरिएको हो। मानव स्वास्थ्यसँग जोडेको औषधीजस्तो संवेदनशील बस्तुको बिक्रि वितरणमा भइरहेको खेलवाडलाई रोक्न गल्ती गर्नेमाथि हदैसम्मको कारवाही हुने पञ्जियारले बताए। उनले आफ्नो कार्यक्षेत्र भित्र यस्ता कृयाकलाप गर्नेहरु माथि कडा रुपले उत्रिने र कारवाही गरिने बताए।

अगामी दिनमासमेत यस्तै अवस्थामा निरीक्षण अनुगमन हुने र कारबाही हुने औषधी व्यवस्था विभाग, शाखा कार्यालय, वीरगंजका फार्मेसी अधिक तथा औषधी निरीक्षक सरफराज अहमद खानले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell