PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

महाभियोग सिफारिस समितिले माग्यो चोलेन्द्र शम्शेरमाथि लागेको आरोपसँग सम्बन्धित प्रमाण र कागजात



पहिलोपोस्ट

महाभियोग सिफारिस समितिले माग्यो चोलेन्द्र शम्शेरमाथि लागेको आरोपसँग सम्बन्धित प्रमाण र कागजात

काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोग प्रस्तावबारे थप प्रमाणहरु माग गरेको छ। समितिले एक सूचना जारी गर्दै तीन दिनभित्र त्यसता प्रमाण, कागजात तथा जानकारी पठाउन अनुरोध गरेको हो।

'सम्माननीय प्रधानन्याधीश श्री चोलेन्द्र शम्शेर जबराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा(२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि सभाका एक चौथाइ भन्दा बढी सदस्यहरुले महाभियोग प्रस्ताव पेश गर्ने भएकोमा सो महाभियोग प्रस्ताव सम्बन्धमा नेपालको संविधानको धारा १०१ को उपधारा(३) र (४) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९।५१८ को बैठकले 'महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने।' निर्णय भएकोले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,' समितिले जारी गरेको सूचनामा भनिएको छ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको छ। गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell